close

विश्व कप एसिया छनोट खेल्ने क्रिकेट महिला टोलीलाई बिदाइ

विश्व कप एसिया छनोट खेल्ने क्रिकेट महिला टोलीलाई बिदाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्व कप एसिया छनोट खेल्न जाने नेपाली क्रिकेट नेपाली टोलीलाई बिदाइ गरेको छ । 

 

क्यानले आइसिसी–यू महिला टी–२० विश्वकप खेल्ने १४ जना नेपाली खेलाडी टोलीलाई प्रशिक्षक महेश रिजालसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितले बिदाई गरेका हुन् । 

 

टिमको सहायक प्रशिक्षक रिजन प्रजु, म्यानेजर माया ज्ञवाली र फिजियोका रुपमा नेहा शाह नेपाली टिमसँगै हुनेछन् ।
 

 

एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ ।

 

आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला यू–१९ विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ ।