close

नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा नाडालले चिरपरिचित प्रतिद्धन्द्धी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो सेट सहजै ६–२ ले आफ्नो पक्षमा पारेको नाडालले दोस्रो सेट ४–६ ले गुमाएको थियो । तेस्रो सेट नाडालले सहजै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको चौथो सेटमा नाडालले ७–६ (७–४) ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

१४औं पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहेको नाडालले अब सेमिफाइनलमा एलेसान्डर जेभेरेभसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।