close

श्रीलंका र नेपालबीचको मैत्रीपूर्ण खेल बराबरी

श्रीलंका र नेपालबीचको मैत्रीपूर्ण खेल बराबरी

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली श्रीलंकाविरुद्ध बराबरीमा रोकिएको छ । 

गएराति सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा श्रीलंकाविरुद्ध नेपाललाई कप्तान नवयुग श्रेष्ठले सुरुवाती अग्रता दिलाएका थिए । तर, नेपाली टिम सम्हालिन नसक्दा श्रीलंकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । श्रीलंकाका लागि मारियाथास निथर्शनले गोल गरे ।  

नेपालले अर्को अभ्यास खेल जेठ २० गते ओमानसँग खेल्ने तालिका छ । एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जुन ८ देखि १४ सम्म आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग छनोट खेल खेल्नेछ ।