close

विश्वकपमा छनोट भएर आउँछौं : कप्तान कृतिका

विश्वकपमा छनोट भएर आउँछौं : कप्तान कृतिका

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेल्ने टोलीको बिदाइ गरेको छ । क्यानले मंगलबार एक कार्यक्रम गरि बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा बोल्दै कप्तान कृतिका मरासिनीले राम्रो नतिजा निकाल्दै विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेकी छन् । 

‘आशा गर्छौ की नेपालको लागि राम्रो रिजल्ट लिएर आउने छौं, राम्रो खेल्नेछौं,’ १८ वर्षीया कृतिकाले भनिन् । 

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाई गरेका थिए । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १४ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दैछ । 

खेलाडी तथा अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन कुमार सिंह लगायतले बिदाइ गरे । 

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान, र कतारको सहभागीता रहेको छ । १५ खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । छनोटमा नेपालले पहिलो खेल ३ जुनमा कतारविरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल ४ जुनमा यूएईसँग रहेको छ । 

भुटानविरुद्ध ६ जुनमा खेल्दा  बलियो टोली थाइल्यान्डविरुद्ध  नेपालले ७ जुनमा प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्तिम खेलमा मलेसियाविरुद्ध ९ जुनमा नेपाल मैदान उत्रने  छ । 

नेपाली टिमका प्रशिक्षक महेश रिजाल एक महिनादेखि टिम तयारीमा रहेको र तालिकाको अग्रस्थानमा रहेर नेपाल फर्कने बताए । 

नेपाली टिम :
कृतिका मरासिनी कप्तान सानु राजवंशी, सृष्टि जैशी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, एलिसा यादव,  मनिसा उपाध्याय,  
मनिसा राना मगर, साना प्रविन, आश्मा पुलामि मगर, किरण कुँवर, अनु कठायत, सुस्मिता भुषाल