close

नेदरल्यान्ड्समाथि वेस्टइन्डिजको जीत

नेदरल्यान्ड्समाथि वेस्टइन्डिजको जीत

Trulli
ADVERTISEMENT

वेस्टइन्डिजले आइसिसी विश्वकप सुपर लिगमा नेदरल्यान्ड्सलाई पहिलो ओडिआई खेलमा ७ विकेटले पराजित गरेको छ । तीन ओडिआई खेलमा वेस्टइन्डिजले पहिलो खेलमा जित दर्ता गर्दै १–० को अग्रता लिएको छ ।

जितको लागि २४७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।  । वेस्टइन्डिजका ओपनर तथा विकेटकिपर शाइ होप १३० बलमा ११९ रनमा अविजित रहे ।

त्यसअघि घरेलु टोली नेदरल्यान्ड्सले भिआर ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाउँदै ४५ ओभरमा ७ विकेटको क्षतिमा २४० रन बनाएको थियो ।

वेस्टइन्डिजका काइल मेयर्स र अकिल हुसैनले २–२ विकेट लिए । अल्जारी जोशेफ, एन्डरसन फिलिप र हायडन वेल्सले १–१ विकेट लिए । दोस्रो खेल बिहीबार हुनेछ ।