close

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं ।  युरो २०२० च्याम्पियन इटालीलाई ३-० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिसिमा’ च्याम्पियन बनेको छ । यो खेल युरोप र दक्षिण अमेरिकाको च्याम्पियनबीच खेलाइन्छ ।

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै 'फाइनालिसिमा' उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । 

बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो ।

मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए ।

यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए । इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ ।