close

नेसन्स लिगमा पोल्यान्डको विजयी सुरुवात

नेसन्स लिगमा पोल्यान्डको विजयी सुरुवात

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बुधबार सुरु भएको युइएफए नेसन्स लिगमा पोल्यान्डले विजयी सुरुवात गरेको छ ।  

पोल्याण्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको हो । खेलमा ५२औं मिनेटमा जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे ।

 जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।