close

अभ्यास खेलमा नेपाल पराजित

अभ्यास खेलमा नेपाल पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अल स्टार्सको जितमा विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्त्वपूर्ण ५० रनको योगदान दिए । विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दाका खेलाडी हुन् । गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे ।

त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे ।

खराब सुरुवात गरे पनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरेर १९० रनको स्कोर मि गर्ने योगदान दिएका थिए । 

नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।