close

बेल्जियममाथि नेदरल्याण्डको चार गोल

बेल्जियममाथि नेदरल्याण्डको चार गोल

Trulli
ADVERTISEMENT

एजेन्सी । यूइएफए नेसन्स लिग अन्तर्गत नेदरल्याण्डले बेल्जियममाथि ४-१ को जित निकालेको छ ।

नेदरल्याण्डको जितमा मेम्फिस डिपायले दुई गोल गरे ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे ।

लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । 

इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे ।