close

एकै खेलमा मेस्सीको पाँच गोल

एकै खेलमा मेस्सीको पाँच गोल

Trulli
ADVERTISEMENT

मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

खेलमा अर्जेन्टिनाका स्टार खेलाडी (क्याप्टेन) लियोनल मेस्सीले पाँच गोल गरेका हुन् । 

खेलको आठौँ मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेका मेस्सीले ४५औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसको दुई मिनेटपछि अर्थात ४७औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरे । ७१ र ७६ औँ मिनेटमा उनले थप दुई गोल गरे । 

मेस्सीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो । 

यसअघि क्लबका लागि पनि एकपटक मात्र उनले यो दुर्लभ सफलता हात पारेका छन् । 

सन् २०१२ मा बायर लेभरकुसेनमाथि बार्सिलोना ७–१ गोलअन्तरले विजयी हुँदा मेस्सीले पाँच गोल गरेका थिए ।