close

पोर्चुगलको फराकिलो जित, रोनाल्डोले गरे दुई गोल

पोर्चुगलको फराकिलो जित, रोनाल्डोले गरे दुई गोल

Trulli
ADVERTISEMENT

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह बीको खेलमा पोर्चुगलले स्वीजरल्याण्डमाथि ४-० गोल अन्तरको जित निकालेको छ । पोर्चुगलस्थित स्टेडियो जोस अल्भालेडमा घरेलु टोलीले स्वीजरल्याण्डलाई ४-० गोलअन्तरले हराएको हो ।

खेलको १५औं मिनेटमा विलियम कार्भल्होको गोलमा अग्रता बनाएको पोर्चुगलका लागि दोस्रो गोल क्रिस्टियानो रोनाल्डोले खेलको ३५ औं मिनेटमा गरे । त्यस्तै ३९ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थप्दा पहिलो हाफमा पोर्चुगल तीन गोलले अघि रह्यो ।

दोस्रो हाफमा जोआओ क्यान्सेलोले गोल थप्दा पोर्चुगल ४-० को फराकिलो अन्तरले विजयी भयो । उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए ।

गएराति नै सम्पन्न अर्को खेलमा स्पेन र चेक रिपब्लिक बराबरीमा रोकिए । चेक रिपब्लिक स्थित एडन एरेनमा सम्पन्न खेलमा २-२ गोलअन्तरको बराबरीमा रोकिए । चेक रिपब्लिकका लागि जाकुब पेसेक र जान कुच्टाले गोल गर्दा स्पेनका गाभी र इनिगो मार्टिनेजले गोल गरे ।

यो सँगै समूहको दोस्रो चरणको खेल सकिँदा समान ४ अंक जोडेका पोर्चुगल र चेक रिपब्लिक पहिलो र दोस्रो स्थानमा छन् भने २ अंक जोडेको स्पेन तेस्रो तथा अंकविहीन स्वीजरल्याण्ड तालिकाको पुछारमा छन् ।