close

६४ वर्षपछि विश्वकप खेल्दै वेल्स

६४ वर्षपछि विश्वकप खेल्दै वेल्स

Trulli
ADVERTISEMENT

वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ ।

यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युद्धपीडित युक्रेनलाई १–० ले हराउँदै वेल्स विश्वकप फुटबलमा छनोट भएको हो ।

कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन युक्रेनी खेलाडीले आत्मघाती गोल गरे । खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरेका हुन् । 

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

विश्वकपको समूहसमेत छनोट भइसकेको छ । वेल्स समूह बी मा रहेको छ । यो समूहमा इङ्गल्याण्ड, अमेरिका र इरान छन् ।