close

भुटानविरुद्ध नेपाल ४ विकेटले विजयी

भुटानविरुद्ध नेपाल ४ विकेटले विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले सोमबार आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा भुटानलाई ४ विकेटले पराजित गरेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालका लागि सानु राजबंशीले ३२ बलमा ५ चौकासहित अविजित ३० रन जोडेकी हुन् । साना प्रवीणले १२ रन बनाइन् । श्रृष्टि जैशीले ८, अश्मा पुलामीमगरले ३ र किरणकुमारी कुँवर तथा कप्तान कृतिका मरासिनीले समान दुई रन बनाइन् । अलिशाकुमारी यादवले २ रनमा अविजित रहिन् । 

भुटानकी सन्गए वाङ्मोले तीन विकेट लिइन् । अन्जुली घले र सोनामले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो ।