close

अष्ट्रेलिया विश्वकप छनोटको प्ले अफमा

अष्ट्रेलिया विश्वकप छनोटको प्ले अफमा

Trulli
ADVERTISEMENT

अष्ट्रेलियाले कतारमा हुने विश्वकप २०२२ मा छनोटको लागि पेरुको सामना गर्ने भएको छ ।

मंगलबार भएको खेलमा यूएईलाई पराजित गर्दै अष्ट्रेलियाले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

कतारको अहमद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले यूएईमाथि २–१ को जित हात पारेको हो ।

सोही स्टेडियममा अष्ट्रेलियाले पेरुको सामना गर्नेछ ।

अब विश्वकपमा पुग्ने अन्तिम दुई टोलीको टुङ्गो लाग्न बाँकी छ ।

अर्को साता अष्ट्रेलिया र पेरुबीचको खेलले विश्वकपमा पुग्ने एउटा टोलीको टुङ्गो लाग्नेछ । मंगलबार हुने कोस्टारिका र न्युजिल्याण्डबीचको खेलबाट विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।