close

एसियन कप छनोटमा नेपाल पराजित

एसियन कप छनोटमा नेपाल पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनसँग पराजित भएको छ । पहिलो हाफको खेल सकिँदा खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा २-० गोलले पराजित भएको हो । 

खेलको सुरुवातदेखि नै जोर्डनले बल पोसेसनमा बलियो पकड बनाए पनि गोल गर्न दोस्रो हाफको अन्तिम २० मिनेट कुर्नुपर्‍यो । 

जोर्डनका लागि खेलको ६८ औं मिनेटमा अली ओल्वनले पहिलो गोल गरे । त्यसको १४ मिनेटपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै जोर्डनका हम्जा दर्बुरले अग्रतालाई दोब्बर पारे ।  

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलमा गोलरक्षक दीप र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका छन् । डिफेन्समा सुमन अर्याल, विकास खवास र गौतम श्रेष्ठ छन् । मिडफिल्डमा सुरज ज्यु ठकुरी, पुजन उपरकोटी र सेसेहाङ आङदेम्बे रहेका छन् । आक्रमणमा कप्तान नवयुग श्रेष्ठसँगै मनिष डाँगी र आयुष घलान छन् ।