close

नेपालको पोस्टमा इन्डोनेसियाको सात गोल

नेपालको पोस्टमा इन्डोनेसियाको सात गोल

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ । ​

कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको हो ।

खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए । ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३-० को अग्रता दिलाए । लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५-० पुग्यो । खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए ।

हारसँगै समूह ए मा रहेको नेपालले अंकविहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल समूहको पुछारमा रह्यो ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।