close

अन्तरपालिका फुटबलको उपाधि धनकुटा नगरपालिकालाई

अन्तरपालिका फुटबलको उपाधि धनकुटा नगरपालिकालाई

Trulli
ADVERTISEMENT

धनकुटा । धनकुटामा शनिबार शुरु भएको अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ ।

शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ ।

उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदमा चित्त बुझाएको छ । फाइनल खेलमा धनकुटा नगरपालिकाको तर्फबाट खेलको दोस्रो तथा ४२ औँ मिनेटमा १/१ गोल तथा ११ औँ मिनेटमा अञ्जना थुलुङले १ गोल गरेकी थिइन् ।

फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै तीर्था लिम्बू घोषित भइन् ।

प्रतियोगितामा धनकुटा जिल्लाका ७ वटा स्थानीय तहको सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाले छथर जोरपाटी गाउँपालिकालाई र चौबिसे गाउँपालिकाले शहीदभूमि गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेको आयोजकले जनाएको छ ।