close

घरेलु मैदानमा इंग्ल्याण्ड हंगेरीसँग पराजित

घरेलु मैदानमा इंग्ल्याण्ड हंगेरीसँग पराजित

Trulli
ADVERTISEMENT

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४-० को हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।

इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जितविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।

१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्टोन्स रातो कार्ड खाँदै मैदानबाट बाहरिनुपरेको थियो । खेलको अन्त्यमा ड्यानियल गाजडाङले अर्को गोल थप्दै टोलीलाई जित दिलाए ।