close

इटालीविरुद्ध जर्मनीको पाँच गोल

इटालीविरुद्ध जर्मनीको पाँच गोल

Trulli
ADVERTISEMENT

यूईएफए नेसन्स लिगअन्तर्गत जर्मनीले इटालीलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

समूह सी को मंगलबार राति भएको खेलमा जर्मनीसँग इटाली पराजित भएको हो ।

जर्मनीलाई जित दिलाउने टिमो वेर्नरले २ तथा थोमस, मुलर, इल्के गुन्डोगान र जोसुआ किमिचले समान १/१ गोल गरे । 

इटालीको लागि विल्फ्राइड ग्नोन्टो र अलेसान्द्रो बास्टोनीले १/१ गोल गरे ।

यससँगै समूह सी मा दोस्रो स्थानमा रहेको जर्मनीले ४ खेलबाट ६ अंक जोडेको छ ।

समूहको शीर्षस्थानमा रहेको हंगेरीले समान खेलबाट ७ अंक हात पारेको छ ।