close

टि-२० च्याम्पियनसिपमा नेपाल २५ रनले विजयी

टि-२० च्याम्पियनसिपमा नेपाल २५ रनले विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । एसिसी महिला टि-२० च्याम्पियनसिपमा कुवेतमाथि नेपालले सानदार जित हासिल गरेको छ५ । 

किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा १०८ रनको माध्यम योगफल पछ्याएको कुवेतले ७ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।

मलेसियामा जारी च्याम्पियनसीपमा यो नेपालको लगातार दोस्रो जित हो ।  यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो ।