close

बहराइनका ब्याटर निरीह, नेपाललाई १५ रनको लक्ष्य

बहराइनका ब्याटर निरीह, नेपाललाई १५ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । कबिता र सबनम चम्किँदा बाराइनका बहराइनलाई नेपालले १४ रनमा रोकेो छ ।

एसिसी महिला टि-२० च्याम्पियनसिपमा नेपाललाई बहराइनले  १५ रनको सामान्य लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । 

खेल निर्धारित समयअनुसार बिहान सवा ८ बजे सुरु हुनुपर्ने थियो । वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७ ओभरमा छोट्याइएको हो । 

नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।