close

फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल नफर्कने संकेत

फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल नफर्कने संकेत

Trulli
ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षमा नेम्वाङ निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल नफर्किने संकेत देखाएका छन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका हुन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् । 

हालै कुवेतमा एएफसी एसिया कप छनोट खेलेपछि अल्मुताइरी गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए । 

नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए । 

तर उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

एसिया कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टीमा छन् ।

सोमबार भएको एन्फाको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाको पक्षमा ३९ मत आएको थियो ।

एन्फा कार्यसमितिमा पनि नेम्वाङ बहुमतमा छन् । 

यसअघि अल्मुताइरीले नेपाली फुटबलले थप राम्रो नतिजा ल्याउन नसक्नुमा नेम्वाङलाई दोष दिएका थिए । त्यस्तै उनले आफूलाई नेम्वाङले समय-समयमा दबाबसमेत दिँदै आएको बताएका थिए ।