close

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंका विजयी

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंका विजयी

Trulli
ADVERTISEMENT

अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट घरेलु टोली श्रीलंकाले जितेको छ । 

गएराति कोलम्बोमा भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो । जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको छ ।

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।  

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले । धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए ।