close

रोमेलु लुकाकु इन्टरमा अनुबन्धित

रोमेलु लुकाकु इन्टरमा अनुबन्धित

Trulli
ADVERTISEMENT

काठमाडौं । रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी गएको एक वर्षपछि इन्टर मिलानमा फर्किएका छन् । उनी एक सिजनका लागि लोनमा इन्टर फर्किएका हुन् ।

चेल्सीले गत समरमा २९ वर्षीय लुकाकुका लागि इन्टरलाई क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, लुकाकुले क्रिसमस अघि उनले आफू चेल्सीमा खुशी नरहेको र इटालियन क्लबमा फर्कने आशय व्यक्त गरेका थिए ।

ल्जियन फरवार्ड लुकाकुले गत सिजन सबै प्रतियोगितामा १५ गोल गरेका थिए । उनले पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।