close

नामिबियाविरुद्ध स्कटल्याण्ड विजयी

नामिबियाविरुद्ध स्कटल्याण्ड विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले दोस्रो जित हात पारेको छ।

जितको लागि २१६ रनको विजयी लक्ष्य पछ्छाएको स्कटल्यान्डले ४८.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

एक समय ३६.४ ओभरमा १३६–७ को अवस्थामा पुगेको स्कटल्यान्डलाई आठौं विकेटका लागि शफ्यान शरिफ र क्रिस ग्रीव्सले ८३ रनको उत्कृष्ट साझेदारी गर्दै रोमान्चक जित दिलाए ।

ग्रिब्स ४८ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा अविजित रहे । उनको यो पहिलो अर्धशतक हो । त्यससअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । 

नेपाल नामिबियासँग पराजित भएको थियो भने स्कटल्याण्डलाई पराजित गरेको थियो । अब नेपालले शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।