close

एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

Trulli
ADVERTISEMENT

काठमाडौं । सन्  २०२२ मा स्थगित एसियन गेम्सको नयाँ मिति तय भएको छ । यसअघि स्थगित भएको सो गेम्सका लागि  सन् २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्मका लागि तय भएको छ । 

एसियन गेम्स यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर कोभिड-१९ को कारण स्थगित भएको थियो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । एसियाडसमेत भनिने १९ औं एसियन गेम्स चीनको होङझोउमा हुनेछ ।