close

जर्मनी युरोकपको अन्तिम चारमा

जर्मनी युरोकपको अन्तिम चारमा

Trulli
ADVERTISEMENT

जर्मनी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम चारमा स्थान बनाएको हो ।

जर्मनीको जितमा २५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । खेलको २५ औं मिनेटमा क्लारा गाब्रिलीको पासमा लिना मारिया मगुलले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीले ९० औं मिनेटमा एलेक्स पोपले गोल गर्दै अग्रता दोब्बर बनाइन् । 

जर्मनीको संघर्षपूर्ण जितमा अष्ट्रियाका तीन प्रहार पोस्टमा लागेको थियो ।

आठ पटकको च्याम्पियन जर्मनीले सन् २०१७ पछि सेमिफाइनलमा स्थान बनाएको हो । 

जर्मनी नवौं पटक युरो उपाधि जित्ने दौडमा छ । अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत आज राति स्वीडेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । घरेलु टिम इङ्ल्याण्ड यसअघि स्पेनलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।