close

लेवान्डोस्कीको डेब्यु खेलमा बार्सिलोना विजयी

लेवान्डोस्कीको डेब्यु खेलमा बार्सिलोना विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । बार्सिलोनाबाट फरवार्ड रोबर्ट लेवान्डोस्की डेब्यु खेलमा क्लबले जित निकालेको छ । आज बिहान भएको अमेरिकाको लास भेगासमा भएको खेलमा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो । 

प्रि सिजनको मैत्रीपूर्ण खेलमा युरोपेली च्याम्पियन रियल म्याड्रिड क्याटलान क्लब बार्सिलोनासँग ०-१ ले पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा राफिन्हाले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । रियल म्याड्रिडको डिफेन्सले दिएको खराब पासलाई नियन्त्रण गर्दै राफिन्हाले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । उक्त गोल नै जितका लागि प्रयाप्त बन्यो ।