close

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार साँझ चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।

खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घरेलु टोली तथा साविकको विजेता भारतलाई रोक्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । भारतलाई हराउन सके नेपाल एक खेल बाँकी छँदै फाइनलमा पुग्नेछ ।

नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा पनि नेपाल फाइनल पुग्ने सम्भावना रहन्छ तर त्यसका लागि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ । भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरह हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।

नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ । भारतको दुई खेलबाट ३ अंक छ । दुई खेल खेलेको मालदिभ्स र तीन खेल खेलेको श्रीलंकाले अंक जोड्न सकेका छैनन् ।