close

नेपालको पोष्टमा भारतको आठ गोल

नेपालको पोष्टमा भारतको आठ गोल

Trulli
ADVERTISEMENT

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई-दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ७ गोल थपेको थियो ।

खेलको ३२ औं मिनेटमा टाइसनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा पार्थिवले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए । 

५२ औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । ६६ औं मिनेटमा टाइसनले व्यक्तिगत गोल गर्दा भारतले ४-० को अग्रता बनायो ।

७१ औं मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाए । ७८ औं मिनेटमा टन्कधरले गोल गर्दा भारत आधा दर्जन गोलले अघि रह्यो । ९० औं मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।

भारतको यो दोस्रो जित हो । जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ ।  भारतको फाइनल पुग्ने सम्भावना कायमै छ ।

नेपालको यो पहिलो हार हो । नेपालले अघिल्लो २ खेल जितेको थियो । नेपलले ३ खेलबाट ६ अंक जोडेको छ ।  

नेपालको पनि फाइनल पुग्ने संभवाना जीवितै छ । अब नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ ।

बंगलादेश ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ । माल्दिभ्स र श्रीलंका उपाधि होडबाट बाहिरिसकेको छ ।