close

इंग्ल्यान्डले जित्यो महिला युरोकप

इंग्ल्यान्डले जित्यो महिला युरोकप

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ । जर्मनीलाई हराउँदै इंग्ल्यान्ड उपाधि उचाल्न सफल भएको हो ।

वेम्बलीमा गएराति भएको फाइनल खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बन्यो ।

 खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् ।

७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

निर्धारित ९० मिनेटकाे समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

११० औं मिनेटमा च्लोए केलीले गरेको गोल नै इंग्ल्यान्डको जितमा निर्णायक बन्यो ।  

जितसँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।