close

नेपाली यु-२० टोली आज स्वदेश फर्किँदै

नेपाली यु-२० टोली आज स्वदेश फर्किँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । यु-२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी नेपाली टीम बिहीबार स्वदेश फर्किन लागेको छ। 

अखिल नेपाल फुटबल संघका अनुसार नेपाली टोली अपराह्न ४ बजे नेपाल आईपुग्ने छन् ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्नबाटै चुकेको थियो ।  नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । 

नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।