close

नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको जित

नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तानसँगको पहिलो ओडिआई खेलमा नेदरल्यान्ड्स १६ रनले पराजित भएको छ । 

जितको लागि ३१५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९८ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ७१ रनमा अविजित रहे ।

ओपनर विक्रमजित सिंह ९८ बलमा ६५ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपरले ५४ बलमा ६४ रन जोडे । तीन खेलाडीले अर्धशतक हानेपछि विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ऐतिहासिक जित नजिक पुगेर झिनो अन्तरले पराजित हुन पुगेको हो ।

त्यसअघि रोटरडममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१४ रन बनायो । आइसिसी क्रिकेट विश्वकप सुपर लिगको लागि पाकिस्तान तीन ओडिआई खेलको सिरिजको लागि नेदरल्यान्ड्स पुगेको छ । दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।