close

इङ्ग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिका विजयी

इङ्ग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिका विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच जारी टेस्ट प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो ।

जितसँगै ३ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । इङ्ग्ल्यान्डको दोस्रो पारीलाई १४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो । पहिलो पारीमा दक्षिण अफ्रिकाले १६१ रनको अग्रता बनाएको थियो ।

१६१ रनले पछि परेको दोस्रो पारीमा इङ्ग्ल्यान्डले १४९ रन जोड्दा सबै विकेट गुमायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुअघि १६५ रन बनाएको थियो ।

दुई देशबीचको दोस्रो टेस्ट बिहीबार हुनेछ।