close

साविक विजेता रियल म्याड्रिड विजयी

साविक विजेता रियल म्याड्रिड विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।

सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए ।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहे पनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ ।