close

जितसहित इन्टर मिलान शीर्षस्थानमा

जितसहित इन्टर मिलान शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सहज जित हासिल गरेको छ । इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो ।

मिलानो इटालीमा शनिबार राति भएको खेलमा इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गरे । 

लगातार दोस्रो जितसँगै इन्टर ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेजिया ३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।