close

लिलको पोस्टमा ७ गोल, एमबाप्पेले गरे ह्याट्रिक

लिलको पोस्टमा ७ गोल, एमबाप्पेले गरे ह्याट्रिक

Trulli
ADVERTISEMENT

काठमाडौं । केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

पिएसजीले लिलको घरेलु मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले एक/एक गोल गरे । लिलका जोनाथन बम्वाले एक गोल फर्काए ।

लिलको मैदानमा आइतबार राति भएको खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए । ४३औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजी पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

खेलको ५२औं मिनेटमा नेयमारले पिएसजी खेलमा ५–० ले अघि बढ्यो । ५४औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । एमबाप्पेले ६६औं र ८७औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे । 

यो जितसँगै अपराजित रहेको पिएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ ।