close

धनकुटामा बुद्धिचाल प्रतियोगिताको लागि खेलाडी छनोट

धनकुटामा बुद्धिचाल प्रतियोगिताको लागि खेलाडी छनोट

Trulli
ADVERTISEMENT

धनकुटा । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको छ । 

प्रदेश स्तरीय प्रतियोगिताको लागि पूर्णबहादुर डंगोल र किरण्न लिम्बू छनोट भएको जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले पालिकाखबरलाई जानकारी दिए । 

पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजना गरिएको जिल्ला स्तरीय छनोट प्रतियोगितामा १२ जनाको सहभागिता थियो । 

प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता आगामी भदौ १६ गतेदेखि हुने जिल्ला बुद्धिचाल संघ धनकुटाका कोषाध्यक्ष विजयशेखर श्रेष्ठले जानकारी दिए ।