close

नेपाल र केन्याबीचको मैत्रीपूर्ण खेल आज

नेपाल र केन्याबीचको मैत्रीपूर्ण खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ   । घरेलु टोली र नेपालबीच खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।

पाँच खेलको टी-२० सिरिजका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुवातको योजनामा हुनेछ ।

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताए ।

केन्या नेपालका लागि सहज प्रतिद्वन्दी समेत हो । यस अघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ ।

तर, केन्या पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहान्छ । केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए ।