close

चेल्सीविरुद्ध साउथह्याम्टनको पुनरागमन जित

चेल्सीविरुद्ध साउथह्याम्टनको पुनरागमन जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध साउथह्याम्टन विजय भएको छ । 

घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङको गोल सान्त्वना बन्यो ।

सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलको २३औं मिनेटमा रहिमको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । तर, चेल्सीले त्यो अग्रता लामो समय जोगाउन सकेन । २८औं मिनेटमा रोमियो लाभियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्टनलाई २–१ को अग्रता बनायो  । दोस्रो हाफमा थप गोल हुन नसक्दा पहिलो हाफको नतिजा नै साउथह्याम्टनको जितमा पर्याप्त बन्यो ।