close

नटिङ्घमको पोस्टमा म्यानचेस्टरको आधा दर्जन

नटिङ्घमको पोस्टमा म्यानचेस्टरको आधा दर्जन

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ। उसले घरेलु मैदानमा फरेस्टविरुद्ध ६–० को सानदार जित निकालेको हो।

म्यानचेस्टरको जितमा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पूरा गरे । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको थप एक गोल थपे। 

इतिहाद स्टेडियममा बुधबार राति गोलको वर्षा भएको खेलको १२औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । 

२३औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटीले पहिलो हाफमै ३–० को अग्रता लिन सफल भए । 

खेलको ५०औं मिनेटमा जोओ क्यान्सेलोले गोल गरेपछि सिटी ४–० ले अघि बढ्यो । ६५औं मिनेटमा अल्भारेजले गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८७औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाए ।