close

केन्यालाई नेपालले दियो २३१ रनको लक्ष्य

केन्यालाई नेपालले दियो २३१ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको हो । केन्याले केहीबेरमा ब्याटिङ गर्दैछ । 

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिइएको छ । उनको स्थानमा देव खनाल मौका दिइएको थियो । 

आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।