close

एक खेलअगावै नेपाललाई एक दिवसीय सिरिज

एक खेलअगावै नेपाललाई एक दिवसीय सिरिज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई पराजित गरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो  । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २१३ रन बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । 

यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेलअगावै २-० ले जितेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।