close

मिलान डर्बीमा एसी मिलानको रोमाञ्चक जित

मिलान डर्बीमा एसी मिलानको रोमाञ्चक जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ‘ए’को मिलान ‘डर्वी’ मा एसी मिलानले इन्टर मिलानविरुद्ध जित निकालेको छ । 

शनिबार राति सम्पन्न खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै इन्टरलाई सुरवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २८औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।

खेल्को ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-१को अग्रता दिलाए । त्यसपछि खेलको ६७औं मिनेटमा इन्टरका इडेन जेकोले गोल गरेपनि मिलान ३-२ ले विजयी भयो ।

यस जितसँगै एसी मिलान ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित इन्टर ९ अंक जोडेर छैटौं स्थानमा छ ।