close

भारत र पाकिस्तानबीचको खेल आज

भारत र पाकिस्तानबीचको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज पाकिस्तान र भारत एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन् । 

सुपर चार अन्तर्गत आइतबार हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ ।

गत आइतबार एशिया कपकै समूह चरणमा पाकिस्तानलाई भारतले पराजित गरेको थियो। त्यसपछि हङकङसँग जितेर फेरि पाकिस्तान सुपर ४ मा आइपुग्यो। 

ग्रुप 'ए'मा भारत र पाकिस्तान शीर्ष टिममा छन् भने ग्रुप 'बी'बाट श्रीलंका र अफगानिस्तानले सुपर ४ मा स्थान बनाएका छन्। सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।