close

एसिया कप क्रिकेटमा पाकिस्तानको रोमाञ्चक जित

एसिया कप क्रिकेटमा पाकिस्तानको रोमाञ्चक जित

Trulli
ADVERTISEMENT

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानले रोमाञ्चक जित दर्ता गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । जितसँगै पाकिस्तानले सुपर चारमा २ अंक जोडेको छ ।