close

कालोसूचीमा क्रिकेटर सन्दीप लामिछाने

कालोसूचीमा क्रिकेटर सन्दीप लामिछाने

Trulli
ADVERTISEMENT

काठमाडौं । क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ ।

बलात्कार आरोप लागेसँगै उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो । गत मंगलबार उनीविरुद्ध बलात्कार आरोपमा जाहेरी परेको थियो ।

हाल विदेशमा रहेका उनलाई विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।