close

टि-२० सिरिजमा भारतविरुद्ध अष्ट्रेलियाको जित

टि-२० सिरिजमा भारतविरुद्ध अष्ट्रेलियाको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई पराजित गरेको छ । 

भारतको मोहालीमा मंगलबारराति अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो । भारतले दिएको २०९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन जोडेको थियो । यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुन्छ ।