close

बाबर र रिजवानको सानदार ब्याटिङमा पाकिस्तानको जित

बाबर र रिजवानको सानदार ब्याटिङमा पाकिस्तानको जित

Trulli
ADVERTISEMENT

घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा जित निकालेको छ । बिहीबार राति कराँचीमा भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो ।

जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले अविजित रहँदै २ सय ३ रनको साझेदारी गरे ।

कप्तान बाबर अजामले अविजित रुपमा ६६ बलमा ५ छक्का र ११ चौकाको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले । रिजवनले ५१ बलमा ८८ रनको अविजित रुपमा अर्धशतकीय इनिङ खेले ।

त्यसअघि ब्याटिङ गरेको पाहुना टोली इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय इनिङ खेले ।

बेन डुकेटले २२ बलमा ४३ रन तथा ह्यारी ब्रुक्सले ३१ रन बनाए । फिलिप साल्टले ३० तथा एलेक्स हेल्सले २६ रन बनाए । साम करन १० रनमा अविजित रहे ।

घरेलु टोलीका लागि हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।