close

ख्वप फुटसल टुर्नामेन्ट सुरु

ख्वप फुटसल टुर्नामेन्ट सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा बुधबारदेखि फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ ।

फुटसल टुर्नामेन्टको सुरुवात गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि खेलिनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूले आफ्नो पढाइसँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्छ भने । 

खेलमा हार-जीत स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ सजग पार्दै उनले विद्यार्थीलाई खेलाडीको रुपमा हेर्न पाउँदा निकै हर्षित अनुभव भएको बताए । कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोलेका थिए ।